PahiloPost

May 29, 2025 | १६ जेठ २०८२

ब्रिक्स सम्मेलन उपलब्धिमूलक हुने



रासस

ब्रिक्स सम्मेलन उपलब्धिमूलक हुने
फोटो श्रोतः cgtn.com

जोहानेस्बर्ग : ब्रिक्स सम्मेलनमा आगामी दिनका लागि आवश्यक क्षेत्रीय एजेण्डा तय गर्नुका साथै आर्थिक विकासका क्षेत्रमा उपलब्धिमूलक हुने जानकारी यस क्षेत्रका विज्ञहरुले दिएका छन्। 

उनीहरुले यस सम्मेलनमार्फत ब्रिक्स देशहरुमा आर्थिक विकासको साथै अन्य आवश्यक एजेण्डाहरु स्थापित गर्ने क्षेत्रीय संगठनका रुपमा विकास गर्न ठूलो सहयोग पुग्ने बताएका छन्। 

विश्वव्यापी आर्थिक समस्याको समाधानमा यो ब्रिक्स सम्मेलन पनि सहयोगी सिद्ध हुनसक्छ भन्नेमा पनि सम्मेलनका सहभागीले छलफल गर्न सक्नेमा उनीहरुले जोड दिएका छन्। 

विश्वका उदीयमान अर्थतन्त्रहरुको संलग्नता रहेको ब्रिक्स सम्मेलन आगामी सेप्टेम्बर ३ देखि तीन दिनसम्म सियामेनमा हुदैछ। 

सम्मेलनमा यस क्षेत्रमा क्षेत्रीय आर्थिक एजेण्डाहरुका साथै अन्य बिभिन्न समसामयिक क्षेत्रीय विषयहरुका बारेमा छलफल हुदैछ। 

ब्रिक्स संगठनमा भारत, ब्राजिल, चीन, दक्षिण अफ्रिका पर्दछन्। यी विश्वका ठूला र उदीयमान अर्थतन्त्र भएका मुलुक हुन्। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell