PahiloPost

Jul 18, 2025 | ३ साउन २०८२

गणेश बहादुर प्राणमाया स्मृति कप यू-१९ ट्वान्टी-२० क्रिकेट शुक्रबारदेखि



पहिलोपोस्ट

गणेश बहादुर प्राणमाया स्मृति कप यू-१९ ट्वान्टी-२० क्रिकेट शुक्रबारदेखि

काठमाडौं : नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा गणेश बहादुर प्राणमाया चित्रकार स्मृति कप यू-१९ ट्वान्टी-२० क्रिकेट प्रतियोगिता भदौको १६ गते (भोली)देखी हुने भएको छ।

आयोजक नेक्सस एकेडेमीले बिहिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा १६ टिमले भाग लिने जानकारी दएको हो।

नकआउटका आधरमा सञ्चालन हुने प्रतियोगिता टुडिखेलमा आयोजना हुनेछ।

भदौ २४ गते सम्म चल्ने प्रतियोगिताको विजेतालेले ५० हजार र उपविजेताले २५ हजार रुपैयाँ पाउनेछन्।

यस्तै हरेक खेलको म्यान अफ द म्याच, अफ द सिरिज, उदयीमान खेलाडी, उत्कृष्ट बलर, उत्कृष्ट ब्याटसम्यानलाई पनि पुरस्कृत गरिने आयोजकका अध्यक्ष भरत बहादुर शाहीले बताए।

प्रतियोगिताको समुह ए मा एनसीए, ओमेगा कलेज, क्यानन क्लब, जिएजसीए बी, राइजिङ, जिएजसीए ए, एकआइसी ए र केसीटीसी बी रहेको छन्।

यसैगरी समुह बी मा नेपाल पुलिस स्कुल सागा, केसीटीसी ए, आयोजक नेक्सस, हिमालयन क्रिकेट एकेडेमी, एमडब्लुसीसी कोहलपुर, टिम टाइटन, आरसीए र सगरमाथा क्रिकेट क्लबले प्रतिस्पर्धा गर्ने आयोजक नेक्ससका अध्यक्ष भरत कुमार शाहीले बताए।

समूह ए मा रहेका एनसिएल ओमेगा क्बलबीच भोली उद्घाटन खेल हुनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell