PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

बारामा टिपरको ठक्करबाट एम्बुलेन्समा सवार महिलाको मृत्यु



रासस

बारामा टिपरको ठक्करबाट एम्बुलेन्समा सवार महिलाको मृत्यु

कलैया :  पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको निजगढ नजिक टिपरले एम्बुलेन्सलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्। 

हेटौँडाबाट बिरामी बोकेर कोल्हवीतर्फ गइरहेको ना४च १७७७ नम्बरको एम्बुलेन्सलाई निजगढबाट पथलैयातर्फ गइरहेको ना३ख ९२८० नम्बरको टिपरले उनासी पुलमा ठक्कर दिएको थियो। 

ठक्करबाट एम्बुलेन्समा सवार कोल्हवी नगरपालिका–२ की ६६ वर्षीया चन्द्रबन्दना मैनालीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले जनाएको छ। 

घाइते सबैलाई उपचारका लागि वीरगञ्ज पठाइएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell