काठमाडौं : चौथो संस्करणको गोदावरी रनिङ फेस्टिभल आगामी सेप्टेम्बर ९ मा हुँदैछ।
बेस क्याम्प आउटडोर लाइफस्टाइलको आयोजना तथा पाङ्ग्रोको व्यवस्थापनमा हुन लागेको फेस्टिभलमा विभिन्न ५ विधाका रनिङ इभेन्टहरु समावेश गरिएको बिहिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दइएको छ।
चौथो संस्करणको फेस्टिभलमा ट्रेल रनिङ, अब्स्ट्याकल टीम रेस र म्युजिकल परफरमेन्स समेत हुनेछ।
आउटडोर एड्भेन्चर स्पोर्ट्स र अल्ट्रा ट्रेलको प्रोमोट गर्न गोदावरी फेस्टिभलको आयोजाना गर्दै आएको आएको आयोजकको दाबी छ।
स्पोर्ट्स इन्थुजियास्टहरुको लागि नयाँ खेलको स्वाद दिन, आउटडोर स्पोर्ट्स एक्टीभिटीमा संलग्न गराउन गोदावरी रनिङ फेस्टिभलको आयोजना गरेको आयोजकले जनाएको छ।
फेस्टिभलमा ५० किलोमिटरको द नर्थ फेस ५० किमी अल्ट्रा रन हुनेछ। जसलाई द नर्थ फेसले प्रायोजन गरेको छ। ट्रेल रनिङ अन्तर्गत सोलोमन ३० किलोमिटर र सुन्टो १५ किलोमिटर रन हुनेछ।
नर्थ फेसकै प्रायोजनमा ५ किमी यती रन हुनेछ।
गत वर्ष ६० किमि अल्ट्रा रन भएको थियो। यस्तै अब्स्ट्याकल रन अन्तर्गत २ किमी किड्स अब्स्ट्याकल रन हुनेछ।
रनिङका विजयी हुने प्रतिस्पर्धीहरुलाई नगदको सट्टा प्रायोजकले नै विभिन्न स्पोर्ट्स गिएर गिफ्टहरु प्रदान गर्ने आयोजकले जनाएको छ।
गत वर्ष भएको अल स्टार बास्केटबल भने यस पटक हटाइएको छ।
यस्तै स्थानिया लामा एण्ड द ब्वाइज नेक्ट्स डोरले लाइऐ म्युजिक परफरमेन्स गर्नेछ।
फेस्टिभलमा यस पटक ६ सय जनाले सहभागिता जनाउने आयोजकले अपेक्षा गरेको छ।
फेस्टिभलमा सहभागिता जनाउनेका लागि झम्सिखलेमा रहेको बेसक्याम्प र ठमेलको द नर्थ फेस शवरुमबाट फर्म भर्न सकिनेछ भने ट्रेल रनको वेवसाइटमा अनलाइन दर्ता समेत गर्न सकिनेछ।
यस्तै शुरुमा आउने २५ जनालाई ५० किमी अल्ट्रा रनको लागि फ्रि इन्ट्री रहेको छ भने काठमाडौं बाहिरबाट आउने प्रतिस्पर्धी र विद्यार्थीहरुका लागि ५० प्रतिशत छुटको व्यवस्था छ।
यती रनका लागि एक टिममा ४ जना मेम्वर राखिनेछ र कूल ४० टिम दर्ता गरिनेछ।
ट्रेल रन गोदावरीबाट शुरु भई वशंखुनारायण, कोटडाँडा, लाकुरभन्ज्याङ, खानी खोला, पर्खालचउर, चापखर्क, फुलचोकी, लेलेभन्ज्याङ, बढीखेल, शान्तपवन हुँदै गोदावरीमै गएर टुङ्गिनेछ।