PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

प्रधानमन्त्रीले देउवाले गरे महाकाली पुलको शिलान्यास, ७ नं प्रदेशको विकासमा योगदान पुग्ने दाबी



रासस

प्रधानमन्त्रीले देउवाले गरे महाकाली पुलको शिलान्यास, ७ नं प्रदेशको विकासमा योगदान पुग्ने दाबी

भीमदत्तनगरः प्रधानमन्त्री शेरबहादुर देउवाले कञ्चनपुरको नेपाल-भारत सीमा महाकाली नदीमा निर्माण हुने चार लेनको पक्की पुलको आज शिलान्यास गरेका छन्।

पुल शिलान्यास गर्दै प्रधानमन्त्री देउवाले महाकाली नदीमा ‘चार लेन’को पुल निर्माण हुन लागेकाले यो निर्माणपछि ७ नं प्रदेशको समग्र विकासमा योगदान पुग्ने बताए। 

प्रधानमन्त्रीले भारतसँग भएको समझदारीअनुरुप पञ्चेश्वर परियोजनाका साथै, कञ्चनपुरमा ड्राइ पोर्ट (सुख्खा बन्दरगाह) निर्माण र गौरीफण्टा नाकाको स्तरोन्नति गर्ने काम कार्यान्वयनमा आउने विश्वास व्यक्त गरे। 

नेपालको आफ्नै लगानीमा पुल निर्माण हुन लागेको हो। चालू आर्थिक वर्षमा यो पुल निर्माणका लागि झण्डै एक अर्ब रकम विनियोजन गरिएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell