PahiloPost

May 29, 2025 | १६ जेठ २०८२

गौर पुगेर प्रचण्डले भने-एमालेसँग गठबन्धनकाे कुनै सम्भावना छैन



रासस

गौर पुगेर प्रचण्डले भने-एमालेसँग गठबन्धनकाे कुनै सम्भावना छैन

काठमाडौंः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले निर्वाचनमा नेकपा एमालेसँग गठबन्धन हुने कुनै सम्भावना नरहेको बताएका छन्। 

चुनावी कार्यक्रममा नेता तथा कार्यकर्तालार्इ प्रशिक्षण दिन रौतहटको गौर पुगेका अध्यक्ष प्रचण्डले दुर्इ नम्बर प्रदेशमा हुने तेस्रो चरणको निर्वाचनमा एमालेसँग गठबन्धनको कुनै सम्भावना नभएको बताका हुन्। 

प्रचण्डले भने, ‘एमालेसँग कुनै ठाउँमा गठबन्धन हुन सक्छ तर, त्यो सम्भावना अहिले त्यति देख्दिन।’ प्रचण्डले कांग्रेस, राजपालगायतका पार्टीसँग भने गठबन्धन हुने बताए। 

आफू र आफ्नो पार्टीले मधेस र मधेसी जनताका लागि धेरै योगदान दिएका कारण मधेसका जनताले आफूहरुलार्इ स्वागत गरिरहेको बताए। 

उनले दुर्इ नम्बर प्रदेशमा माओवादी पहिलो पार्टी हुने दावी गर्दै भने, ‘मधेसमा पार्टी प्रवेशका ठूला ठूला लहर चलेका छन्। मलार्इ के लाग्छ भने यो प्रदेशमा माओवादी पहिलो पार्टी हुने गरी अगाडि बढेको छ। २ गतेसम्म अभियान बढाउँदा पहिलो पनि हुन्छ।’ 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell