काठमाडौँ : केन्द्रीय अनुसन्धान ब्युरोले बजार मूल्य सात करोड बराबरको सुनसहित सात जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकका २६ वर्षीय पेम्बा दोर्जे शेर्पा, भक्तपुरका ३८ वर्षीय दीपेन्द्र थापा, काठमाडौका ३९ वर्सषीय सरोज थापा, काभ्रेका ३८ वर्षीय विष्णु गौतम, भक्तपुर निवासी ३४ वर्षीय राजेन्द्र खत्री, रविन खत्री र धनुषाका ३८ वर्षिय दीपककुमार शाह रहेका छन्।
ब्युरो प्रमुख डिआइजी पुष्कर कार्कीले आज पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार उनीहरुले रसुवा नाकाबाट २२ किलो सुन ल्याएका थिए। त्यसमध्ये १४ किलो सुन अहिले प्रहरीले बरामद गरिसकेको छ।
कार्कीका अनुसार २ किलो सुन भारत पठाइसकिएको छ। त्यसैगरी ५ किलो काठमाडौँकै बजारमा गएको र १ किलो वीरगञ्जबाट बरामद गरिएको छ। रसुवा नाका हुदै राजधानी भित्रिने सुन भारत जाने गरेको डिआइजी कार्कीले बताए । ' भारत बाहेक केही खपत काठमाडौका व्यापारीले पनि गर्ने गरेको आशंकामा अनुसन्धान गरिरहेका छौ ।'
ब्युरोमा डिआइजी पुष्कर कार्की सरुवा भइसकेपछि यो पहिलो ठूलो घटना हो। गत पुस २१ गते व्युरोले नै त्रिभुवन अन्तराष्ट्रीय विमानस्थबाट बाहिरिदै गर्दा ३३ केजी अवैध सुन बरामत गरेको थियो । रसुवा नाका र त्रिभुवन विमानस्थलबाट अवैध रुपमा भित्रिने सुनमा कुनै कनेक्सन नभएको कार्कीले बताए ।
पक्राउ परेकालाई संगठित अपराधको मुद्दामा अनुसन्धानका लागि काठमाडौ जिल्ला अदालतबाट बिहिवार म्याद थप गरिएको डिआइजी कार्कीले बताए।