PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

टिकट वितरणलाई लिएर पर्सामा राजपाभित्र विवाद, टिकटका लागि होटल घेराउ



राधेश्याम पटेल

टिकट वितरणलाई लिएर पर्सामा राजपाभित्र विवाद, टिकटका लागि होटल घेराउ

वीरगञ्जः पर्सामा स्थानीय तह निर्वाचनकाे टिकट वितरणलाई लिएर राष्ट्रिय जनता पार्टीभित्र विवाद सुरु भएको छ।

बुधबार होटल सम्झनामा बैठक चल्दै गर्दा साझ ६ बजेदेखि राति ११ बजेसम्म राजपाका कार्यकर्ताहरु आफना उम्मेदवारको समर्थनमा नाराबाजी गर्दै टिकटको लागि दबाब सृजना गरे। जसका कारण राजपाले वीरगंजमा मेयर र उपमेयरको उम्मेदवारको टुंगो लगाउन सकेको छैन।

केही दिनअघि पार्टीले लिंकरोडस्थित होटल कुमु प्यालेसमा डाकेको बैठकको समयमा वीरगंजबाट मेयरका आकांक्षी विमलप्रसाद श्रीवास्तव र राजेशमान सिंह पक्षका समर्थकहरुले शक्ति प्रदर्शन गरी नगर परिक्रमासमेत गरे। त्यसबेला दुई पक्षका समर्थक बीच केहीबेर झडपसमेत भएको थियो।

यसै बीच, राजपाका कार्यकर्ताहरुले लामो समयदेखि पार्टीमा लागेका नेताहरुलाई बेवास्ता गर्दै नवप्रवेशी नेतालाई विन्दवासिनी र पाकाहामैनपुर गाउँपालिकामा टिकट दिन लागेको भन्दै त्यसको विरोध गर्दै राजपाका कार्यकर्ता वीरगंज आएका छन्। उनीहरुले नवप्रवेशीलाई टिकट दिन नहुने बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell