PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

नेपाल टेलिकमले बाढी प्रभावित जिल्लामा निःशुल्क प्रिपेड सिम दिने



रासस

नेपाल टेलिकमले बाढी प्रभावित जिल्लामा निःशुल्क प्रिपेड सिम दिने

काठमाडौँ : नेपाल टेलिकमले बाढी प्रभावित २३ वटा जिल्लामा निःशुल्क जिएसएम प्रिपेड सिमकार्ड वितरण गर्ने भएको छ। 

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाढी प्रभावित क्षेत्रका ग्राहकका लागि यो सेवा उपलब्ध गराएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन्। 

प्रभावित जिल्ला (झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, सिन्धुली, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर) मा ५० को ‘टक भ्यालु’ सहितको प्रिपेड सिम वितरण भइरहेको कम्पनीले जनाएको छ। 

टेलिकमकाअनुसार सिमकार्डबाट कम्पनीको नेटवर्कभित्र थप ५० मिनेट बराबरको निःशुल्क कल गर्ने सुविधासहितको सिम निःशुल्क वितरण भइरहेको छ। 

बाढी प्रभावित क्षेत्रका टेलिकमका ग्राहकले प्रयोग गरिरहेको सिम नष्ट भएको वा हराएको भनी निवेदन दिए त्यसको सट्टा अर्को सिमकार्ड टेलिकमले निःशुल्क उपलब्ध गराउने छ। यो सुविधा भदौ १२ गतेदेखि २६ गतेसम्म उपलब्ध हुने कम्पनीले जनाएको छ। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell