PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

लेखापढी कानुन व्यवसायीको आन्दोलनका कारण भक्तपुर मालपोतको काम ठप्प



रासस

लेखापढी कानुन व्यवसायीको आन्दोलनका कारण भक्तपुर मालपोतको काम ठप्प

भक्तपुर । मालपोत कार्यालय भक्तपुरले मोठ र तामेली फाँटमा बिचौलियालाई प्रवेश निषेध गरेपछि त्यसको विरोधमा नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसनले कार्यालयको काम ठप्प पारेको छ। 

आज एशोसिएसनले विभिन्न माग राख्दै मालपोत कार्यालयको मूलढोकामै ब्यानर टाँगेर कलम बन्द गरी आन्दोलन गरेको हो। 

एशोसिएसनका अध्यक्ष राजेन्द्रकुमार दाहालले मालपोत कार्यालयमा कर्मचारीले काममा ढिलासुस्ती गरेको, सेवाग्राहीलाई दुःख दिएको आरोप लगाउँदै त्यस्तो प्रवृत्ति विरुद्ध बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताए। 

मालपोत अधिकृतको गलत कार्यशैली रहेको, अनलाइन सेवा भनिए पनि विद्युत् अवरुद्ध भएको बहानामा सेवा नदिएको, कार्यालय प्रमुखले हैकमवादी शैली प्रस्तुत गरेको उनको आरोप थियो। 

एकैघरको पितापुर्खाको पैतृक सम्पत्तिको नामसारीमासमेत लाभकर लिने गरेको आरोप कार्यालयमाथि लागेको छ। 

लेखापढीको आन्दोलनका कारण जग्गा नामसारी, अंशबण्डालगायतका विभिन्न कामका लागि आएका सयौँ सेवाग्राहीलाई कार्यालयभित्र जान नदिएपछि उनीहरु फर्किएका थिए। 

कार्यालय प्रमुख कमल तिमिल्सिनाले बाहिरी एवं बिचौलिया व्यक्तिले मोठ, तामेली फाँटमा प्रवेश गरेर समस्या पारेपछि त्यसलाई रोक्न खोज्दा लेखापढी व्यवसायी आन्दोलनमा उत्रिएका बताए।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell