PahiloPost

Jul 18, 2025 | ३ साउन २०८२

सरकारले आयोगलाई बुझायो निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन ​​​​​​​



पहिलोपोस्ट

सरकारले आयोगलाई बुझायो निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन ​​​​​​​

काठमाडौं : सरकारले निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन निर्वाचन आयोगलाई बुझाएको छ। निर्वाचन क्षेत्र निर्धारण आयोगका सदस्य सचिव समेत रहेका प्रधानमन्त्री कार्यालयका सहसचिव बेगेन्द्रराज शर्मा पौडेल सहितको सचिवालयको टोलीले निर्वाचन आयोग पुगी प्रमुख आयुक्त डा अयोधीप्रसाद यादवलाई प्रतिवेदन बुझाएको हो।

हिजोमात्र क्षेत्र निर्धारण आयोगबाट प्रतिवेदन बुझेको सरकारले आजै त्यसलाई निर्वाचन आयोग फर्वार्ड गरेको हो।
 
प्रतिवेदन प्राप्त भएपछि निर्वाचन आयोगले निर्वाचन क्षेत्र निर्धारणसँग सम्बन्धित काम शुरू गरिसकेको जनाएको छ। 

'निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन प्राप्त भएपछि निर्वाचन आयोगलाई आगामी मंसिर महिनामा सम्पन्न गरिने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनसम्बन्धी काम अगाडि बढाउन सहज भएको छ,'  प्रमख आयुक्त डा यादवले भने।
 
प्रमुख आयुक्त यादवले निर्वाचन क्षेत्र निर्धारण आयोगबाट प्राप्त भएका अभिलेख तथा कागजातहरू आवश्यक कारवाहीका लागि आयोगका सचिव महेश्वर न्यौपानेलाई दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell