PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

नेपाल इन्जिनियरिङ कलेज : अध्यक्ष लम्बोदर न्यौपानेको राजीनामा



रमेश वाग्ले

नेपाल इन्जिनियरिङ कलेज : अध्यक्ष लम्बोदर न्यौपानेको राजीनामा
फोटो नेकको फेसबुक पेजबाट

काठमाडौं : नेपाल इन्जिनियरिङ कलेज 'नेक'ले पोखरा विश्वविद्यालयबाट मध्यपश्चिम विश्वविद्यालयमा सम्बन्धन सारेको प्रकरणले चरम रुप लिएको छ भने यसका अध्यक्ष लम्बोदर न्यौपानेले राजीनामा दिएका छन्।
 
दुई हजार एक सय इन्जिनियरले रेगुलर अध्ययन गरिरहेको नेक संचालक समितिले विश्वविद्यालय परिवर्तसँगै कलेजलाई गैर नाफामुलकबाट नाफा मुलक कलेजमा रुपान्तरण गरेको थियो।
 
कलेजले प्रालिमा दर्ता गरेसँगै नाफा उपभोग गर्ने बाटो खुलेको र कलेजले हरेक वर्ष विद्यार्थीबाट आर्जन गर्ने करिब २१ करोड आम्दानी संचालहरुको पोल्टामा जाने बाटो खुला भएको थियो। 

गैर नाफामुलक संचालकका रुपमा संचालित कलेजकको करिब डेढ अर्बको अचल सम्पती र अर्बौको चल सम्पत्तिमाथि आँखा लगाउँदै प्रालिमा लगेको विरोधमा विद्यार्थी संगठनहरु आन्दोलनमा उत्रिएका छन्। 

नेपाल विद्यार्थी संघ र अनेरास्ववियुले विरोध थालिसकेका छन् भने नयाँ नेतृत्वका लागि राष्ट्रिय सम्मेलनमा रहेको अखिल क्रान्तिकारीले पनि ऐक्यवद्धता जनाइसकेको। तर आन्दोलनमा भने गइसकेको छैन। 

पुल्चोक इन्जिनियरिङ् कलेज पछिको दोस्रो आकर्षण तथा नेपालकै सबैभन्दा धेरै इन्जिनियर उत्पादन गरेर नाम कमाएको 'नेक' पोखरा विश्वविद्यालयको सानका रुपमा पनि चिनिन्छ। हरेक वर्ष दुई हजार एक सय विद्यार्थी भर्ना हुने कलेज विद्यार्थीका लागि पुलचोक पछि दोस्रो छनौट हो। नेक संचालकले विश्वविद्यालय परिवर्तन गरेको र प्रालिमा लगेर अहिलेसम्म कमाएको चल अचल सम्पत्ति र त्यसको ख्याति समेत आफ्नो पोल्टामा पर्ने नियत राखेको भन्दै विद्यार्थीहर आन्दोलनमा उत्रिएका हुन्। 

'अहिलेसम्म १० हजार भन्दाक बढी इन्जिनियर उत्पादन गरेको नेकको करिब डेढ अर्बको अचल सम्पत्ति छ,' आन्दोलनको नेतृत्व गरिरहेका नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य नवराज त्रिपाठीले भने, 'हरेक वर्ष हुने करिब २१ करोड खुद नाफा र विगतमा संचित गरेको अर्बौ रकममा आँखा लगाएर संचालकले कलेज धरासायी पारी व्यक्तिगत नाफा आर्जन गर्ने नियत प्रस्ट देखिएङ्को छ।' 

केहीअघि कलेज संचालकले नाफा लिन नमिल्ने अवस्थामै गाडी खरिद लगायतका शीर्षकमा १ करोड ५० लाखका दरले बुझेको भन्दै त्रिपाठीले संचालनको नियतमै प्रश्न उठाए।

'कलेजले हरेक वर्ष २१ करोड खुद नाफा गर्छ, अचल सम्पत्ति ढेढ अर्बको छ कलेजले कमाएको ख्यातिको कुनै मूल्य छैन,' त्रिपाठीले भने, 'त्यसमै आँखा गाडेर भएको निर्णय हामी कुनै पनि हालतमा कार्यान्वयन हुन दिँदैनौं।' उनले विद्यार्थी संगठनहरु एक भएर आन्दोलनमा उत्रिएको भन्दै यसमा अहिले इन्जिनियरिङ विभाग मात्र आन्दोलनमा रहेको भन्दै सुनुवाई नभए सिंगो विद्यार्थी आन्दोलन नेक संचालक समिति विरुद्ध उभिने बताए। 

बिहीवार नेकलाई पोखरा विश्वविद्यालयमै कायम राख्नुपर्ने, तथा निजीकरण रोक्नुपर्ने भन्दै विद्यार्थीहरुले सडक आन्दोलन गरेका थिए। माइतीघरमा सडक आन्दोलन गरेर भक्तपुरको रफत संचारमा पुगेका विद्यार्थीहरुले संचालकहरुलाई त्यही घेराबन्दी गरे। कलेजका अध्यक्ष लम्बोदर न्यौपानेलाई थुनापछि प्रहरीको रोहबरमा वार्ता भयो। 

लम्बोदरको राजीनामा

वार्ताकै क्रममा अध्यक्ष लम्बोदर न्यौपानेले वार्ताका लागि प्रहरी परिसर भक्तपुर पुगेका संचालक समिति समक्ष राजीनामा दिएका छन्। तर, विद्यार्थीहरुले राजीनामाबाट गलत निर्णय नसच्चिने भन्दै प्रालिबाट खारेजी पछिमात्र अध्यक्षको राजीनामा स्वीकृत गर्न माग गरेकका छन्। संचालक समिति खारेजीका लागि सहमत भएर प्रक्रिया सुरु गर्नुपर्ने उनीहरुले बताएका छन्। विद्यार्थीले प्रक्रिया पूरा भएपछिमात्र आफ्नो आन्दोलन रोकिने बताएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell