PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

बङ्गलादेशमा डुंगा डुब्दा २० जनाको मृत्यु, मारिनेमा म्यानमारका रोहिङ्गा समुदायका नागरिक



रासस

बङ्गलादेशमा डुंगा डुब्दा २० जनाको मृत्यु, मारिनेमा म्यानमारका रोहिङ्गा समुदायका नागरिक

ढाका :  बङ्गलादेशमा डुंगा दुर्घटनामा परी २० जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा म्यानमारबाट बङ्गलादेश आएका रोहिङ्गा समुदायका नागरिक छन् ।  

दक्षिणी बङ्गलादेशको म्यानमारसँगको सिमानामा दुर्घटना भएको बताइएको छ। बङ्गलादेशको कग्स बजार क्षेत्रबाट २९२ किलोमिटर पश्चिम क्षेत्रमा पर्ने नाफ नदीमा डुंगा डुबेको थियो। 

दुर्घटनामा अझै केही व्यक्ति हराइरहेकाले उनीहरुको खोजी जारी रहेको अधिकारीहरुले बताएका छन्। त्यस डुंगामा के कति व्यक्ति सवार थिए भन्ने बारेमा भने केही बताइएको छैन।

पछिल्लो समय म्यानमारमा विद्रोही समूहले हिंसा मच्चाउन थालेपछि  रोहिङ्गा समुदायका नागरिक बङ्गलादेशमा शरणका लागि जानेक्रम बढेको छ । रासस/सिन्ह्वा 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell