PahiloPost

Mar 19, 2026 | ५ चैत्र २०८२

अमेरिकी हवाई कारबाहीमा अफगानिस्तानमा एकै परिवारका १३ जनाको मृत्यु, १५ घाइते



रासस

अमेरिकी हवाई कारबाहीमा अफगानिस्तानमा एकै परिवारका १३ जनाको मृत्यु, १५ घाइते
फोटो श्रोतः rt.com

अफगानिस्तान :  पूर्वी अफगानिस्तानमा भएको अमेरिका आवद्ध सेनाको हवाई कारबाहीमा एकै परिवारका १३ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्। 

अमेरिकी सुरक्षा बलले घटनाको अनुसन्धान भइरहेको जानकारी दिएका छन्। यद्यपी एक अफगान अधिकारीका अनुसार भने काबुलनजिकै लोगार प्रान्तको दासत ए बारी गाउँमा भएको हवाई कारबाहीमा एक दर्जन भन्दा बढी आतङ्ककारी मारिएका छन्। 

अफगान अधिकारीका अनुसार अफगान सुरक्षाबलले नै छुट्टाछुट्टै इलाकामा गरेको हवाई कारबाहीमा १३ सर्वसाधारणको मृत्यु भएको केही दिनमा नै पुनः यो घटना भएको हो। 

अफगानिस्तानमा यस वर्षको सुरुदेखि हालसम्म भएका हिंसामा एक हजार ६६२ जनाको मृत्यु भएको छ भने तीन हजार ५०० घाइते भएका छन् । 

यो सङ्ख्या गतवर्षको तुलानामा २० प्रतिशतले बृद्धि भएको राष्ट्रसंघले जनाएको छ। रासस /एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell