.jpg)
काठमाडौं : अखिल नेपाल फुटबल संघ एन्फाको आयोजना ताथ एन्फा फुटसल कमिटीको व्यवस्थापनमा राष्ट्रिय फुटबल लिग आजबाट काठमाडौंमा शुरु भएको छ।
युवा तथा खेलकुद मन्त्री राजेन्द्र कुमार केसीले उद्घाटन गरेको प्रतियोगिताको पहिलो दिन कूल ८ खेल सम्पन्न भएका छन्।
जसअन्तर्गत फुटसल एरेना बौद्धमा समूह ए का चार तथा चउर रिक्रिएसन सेन्टमा समूह बी का ४ खेल भए।
समूह ए अन्तर्गत खेलमा धनयन्तरी फुटसलले खुमलटार युवा क्लबलाई ६-२ ले,बिजी फुटसलले जी ब्रदर्सला२ ३-२ ले, स्वयम्भू रिक्रिएसनल सेन्टरले किक अफ फुटसललाई ३-२ ले हरायो भने हरिसिद्धि फुटसल र खालीबारी फुटबल क्बले ७-७ गोलको बराबरी खेल्दै अंकब ८।
यस्तै समूह बी अन्तर्गतको खेलमा चउर रिक्रिएसनल सेन्टरले फुटसल भिलेजलाई ७-१ ले, सामाखुशी फुटसलले ढुकु फुटसल हबलाई ५-० ले, शंखमुलले फुटसलले रेभ फुटसल सेन्टरलाई ५-२ ले तथा स्तुपा फुटसल बौद्धले रजनी फुटसललाई ३-२ ले हरायो।
१६ टोलीको सहभागिता रहेको फुटसल प्रतियोगिताको विजेताले नगद ५ लाख तथा उपविजेताले २ लाख ५० हजार हात पार्नेछन्।