PahiloPost

Jun 27, 2025 | १३ असार २०८२

प्रहरीको सुझाव : फेसबुक च्याटमा अपरिचितसँग कारोबार नगर्नु



पहिलोपोस्ट

प्रहरीको सुझाव : फेसबुक च्याटमा अपरिचितसँग कारोबार नगर्नु

काठमाडौं : फेसबुक तथा सामाजिक सञ्जालमा अपरिचति व्यक्तिसँग कुनै पनि आर्थिक कारोवार नगर्न प्रहरीले सुझाव दिएको छ।
 
फेसबुक मार्फत् अपरिचित व्यक्तिले सम्बन्ध बनाएर ठगी गर्ने घटना बढेकाले सबैलाई सजग हुन अनुरोध गरेको हो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोका प्रमुख डिआइजी पुस्कर कार्कीले भने 'फेसबुकमा गिफ्ट पठाइदिन्छु भन्दै ठगी गर्ने गिरोह सक्रिय छ। त्यसैले सजिलै विश्वास नगर्नु होला।'  

व्युरोले  बिहीवार मात्र ३४ जना महिलालाई फेसबुक मार्फत् गहना, आइफोन पठाइदिन्छु भन्दै ४३ लाख बराबरको रकम ठगी गर्ने सोलुखुम्वु गुदेल घर भइ हाल बौद्ध बस्ने ३३ वर्षीय आङलेमी शेर्पालाई पक्राउ गरेको छ।
 

यसरी हुन्छ ठगी  

अपरिचित युवकले फेसबुकमा फेन्ड रिक्वेस्ट पठाउँछन्। तपाईँले त्यो रिक्वेस्ट एक्सेप्ट गर्नु भयो भने तपाईँलाई उसले जालमा पार्न थाल्छ। अनि तपाईँ र उसको फेसबुमा भर्चुअल भेट हुन्छ। बिस्तारै उसले तपाईँसँग च्याटमा कुराकानी थाल्छ। आफू विदेशमा भएको भन्दै तपाईँलाई उसले विभिन्न प्रलोभन देखाउन थाल्छ। 

तपाईँ उसको लोभमा परे ठगिन सक्नुहुन्छ। तपाईँ उसको गिफ्ट स्वीकार गर्ने बित्तिकै गिफ्ट पठाएको जानकारी दिन्छ। त्यो गिफ्ट पाउन कुनै निहूँ सिर्जना गर्दै उसले रकम माग्छ। लोभमा तपाईँले रकम दिएपछि तपाईँ ठगिनुहुन्छ। गिफ्ट वा विजनेसका प्रलोभनमा पर्नुभयो भने तपाईँ कति सम्म ठगिनुहुन्छ भन्न सकिन्न।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell