PahiloPost

Nov 10, 2025 | २५ कात्तिक २०८२

गाडीमा छत राख्न नदिए दशैंका लागि अग्रिम टिकट खुला नगर्ने व्यवसायीको चेतावनी



रासस

गाडीमा छत राख्न नदिए दशैंका लागि अग्रिम टिकट खुला नगर्ने व्यवसायीको चेतावनी

धुलिखेल :  सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले दशैंका यात्रुको सामान राख्नका लागि अस्थायी रुपमा गाडीको छत राख्ने विषयमा आफूले पहल गर्ने व्यवसायीलाई आश्वासन दिएका छन्। 

काभ्रेको बनेपामा अरनिको यातायात सेवा समितिको ४६ औं वार्षिक साधारणसभाको आज उद्घाटन कार्यक्रममा मन्त्री बस्नेतले कानुनी र सुरक्षाका दृष्टिकोणले अहित भएपनि व्यावहारिक हिसाबले दशैं र तिहारका बीचमा छत राख्ने व्यवस्था मिलाउन आफूले काम गर्ने व्यवसायीलाई आश्वासन दिए। 

कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव पुण्यप्रसाद सिटौला र हिमाल तराई यातायात सेवा समितिका अध्यक्ष आत्माराम थापाले गाडीको छत र भित्र सामान राख्ने बाकस बनाउन सरकारले व्यवस्था नगरे दशैंका लागि टिकट खुला गर्न नसकिने बताए। 

अरनिको यातायात सेवा समितिका पूर्वअध्यक्ष केदार खत्रीले सडकको स्तरोन्नतिमा पनि ध्यान दिन सरकारलाई आग्रह गरे। 

कार्यक्रममा तीन पुस्तासम्मले नै यातायात क्षेत्रमा सेवा पु¥याएबापत समितिका निवर्तमान अध्यक्ष जीतबहादुर भारतीलाई स्वर्ण पदकबाट सम्मान गरिएको थियो। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell