PahiloPost

Jun 27, 2025 | १३ असार २०८२

रौतहटमा प्रचण्डले बाँडे एक हजार परिवारलाई ग्याँस सिलिण्डर



पहिलोपोस्ट

रौतहटमा प्रचण्डले बाँडे एक हजार परिवारलाई ग्याँस सिलिण्डर

गौर: पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाढी पीडितका समस्या सम्बोधन गर्न सरकारसँग विशेष पहल गर्ने बताएका छन्।

बिहीबार बाढी पीडित क्षेत्रको अवलोकन र राहत बितरणपछि प्रचण्डले पीडितका समस्या सम्बोधन गर्न गम्भीरतापूर्वक लाग्ने बताए। 

प्रचण्डले बिहीबार रौतहट गडर्वामा बाढीबाट भएको क्षतिको अवलोकन गरेका थिए। अवलोकनपछि उद्योग वाणिज्य संघ गौरले आयोजना गरेको कार्यक्रममा प्रचण्डले बाढी प्रभावित क्षेत्रलाई संकटग्रस्त जिल्ला घोषणा गरी राहत र क्षतिपूर्तिको व्यवस्था गर्न पहल गर्ने बताएका थिए। 

प्रचण्डले रौतहटकै गरुडामा एक हजार बाढी पीडित परिवारलाई ग्याँस सिलिण्डर, चुल्हो, खाद्यान्नलगायतका राहत सामग्री बितरण गरेका दाहालको निजी सचिवालयले जनाएको छ। राहत वितरण कार्यक्रममा सहरी विकासमन्त्री प्रभु साहको पनि उपस्थितिमा रहेको थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell