PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

माओवादी केन्द्रका सांसद घिसिङले दिए राजीनामा



पहिलोपोस्ट

माओवादी केन्द्रका सांसद घिसिङले दिए राजीनामा

काठमाडौँ: नेकपा (माओवादी केन्द्र) का सांसद योगेन्द्र तामाङ घिसिङले सांसद पदबाट आज राजीनामा दिएका छन्। स्थानीय तह निर्वाचनमा अन्तरघात गरेका भन्दै पार्टीले घिसिङलाई कारबाही गरेको थियो।

ललितपुरबाट समानुपातिक सांसद् रहेका उनले बिहीबार आफू कुनै पार्टीमा आबद्ध नरहेको उल्लेख गर्दै सभामुखसमक्ष पद परित्याग गरिएको जनाकारी गराएका हुन्।

माओवादी केन्द्रका प्रमुख सचेतक रेखा शर्माले संसदीय दलको कार्यालयमा पनि उनले राजीनामाको बोधार्थ दिएको बताइन्।

प्रमुख सचेतक शर्माले घिसिङले स्थानीय निर्वाचनमा पार्टीलाई अन्तरघात गरेका विषयमा पार्टीले कारवाही गरेको र संसद्मा पनि पटक पटक ह्विप उलङ्घन गरेका विषयमा प्रश्न उठेपछि सांसदबाट पनि हटाउने तयारी भएका सन्दर्भमा राजीनामा आएको हुन सक्ने बताइन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell