PahiloPost

Jun 27, 2025 | १३ असार २०८२

विश्वकप छनोट : ब्राजिल विजयी, बराबरीले अर्जेन्टिनालाई धक्का



पहिलोपोस्ट

विश्वकप छनोट : ब्राजिल विजयी, बराबरीले अर्जेन्टिनालाई धक्का

सन् २०१८ मा रसियामा हुने विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटमा ब्राजिल विजयी हुँदा अर्जेन्टिना बराबरीमै रोकिएको छ।

घरेलु मैदानमा भएको खेलमा ब्राजिलले इक्वेडरलाई २-० ले हरायो। ब्राजिलका लागि फिलिप काउटिन्हो र पाउलिन्होले गोल गरे।

अर्जेन्टिना उरुग्वेसँग गोलरहित बराबरीमा रोकियो। बराबरीपछि अर्जेन्टिन अंक तालिकामा पाँचौ स्थानमा यथावत छ। विश्वकपमा स्थान बनाउन अर्जेन्टिनाले अब बाँकी तीनवटै खेल जित्नुपर्ने छ।

अंक तालिकामा अर्जेन्टिनाभन्दा अघि रहेको चिली पाराग्वेसँग पराजित हुँदा अर्जेन्टिनलाई केही फाइदा पुगेको छ।

यस्तै अर्काे खेलमा दोस्रो स्थानको कोलोम्विया भेनेजुएलासँग बराबरी रोकियो भने पेरुले बोलिभियालाई २-१ ले हरायो।

१५औँ चरणको खेलपछि ३६ अंकका साथ ब्राजिल शीर्ष स्थानमा आसिन छ भने २५ अंक रहेको कोलोम्विया दोस्रो स्थानमा छ। २४ अंक जोडेको उरुग्वे तेस्रो स्थानमा छ भने समान २३ अंक जोडेका चिली र अर्जेन्टिना क्रमश: चौथो र पाँचौ स्थान छ।

छैटौँ र सातौँ स्थानमा रहेको पेरु र पाराग्वेको समान २१ अंक छ।

दक्षिण अमेरिकी छनोटको शीर्ष चार स्थानमा रहने टीम सिधै विश्वकपकमा छनोट हुनेछ भने पौचौ हुने टिमले प्लेअफ खेल्नुपर्नेछ।

दक्षिण अमेरिकाबाट ब्राजिल यसअघि नै विश्वकपमा छनोट भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell