PahiloPost

Aug 5, 2026 | २० साउन २०८३

जापान लगातार छैटौँ पटक विश्वकपमा छनोट



पहिलोपोस्ट

जापान लगातार छैटौँ पटक विश्वकपमा छनोट

एसियन राष्ट्र जापान लगातार छैटौँ पटक विश्वकप फुटबलका लागि छनोट भएको छ।

एसियाली छनोट अन्तर्गत गए राति भएको समूह बी को खेलमा अष्ट्रेलियालाई २-० ले पराजित गर्दै जापानले अर्को वर्ष रसियामा हुने विश्वकपकाे स्थान बनाएको हो।

यसअघि नै आयोजक रसिया, ब्राजिल र अर्को एसियन राष्ट्र इराकले विश्वकपमा स्थान बनाइसकेका छन्।

जापानको जितमा ताकुमा असोनो युसुके इदेगेचीले गोल गरे। जितपछि समूह बी'मा जापनको ९ खेलबाट २० अंक छ। अष्ट्रेलिया भने हारपछि समूहको तेस्रो स्थानमा छ र विश्वकपमा सिधै छनोट हुन अन्तिम खेल जित्नुपर्ने हुन्छ।

अर्को खेलमा युएईसँग २-१ ले हारेको साउदी अरेवियाको पनि १६ अंक नै छ र विश्वकप छनोट हुन जापानसँगको अन्तिम खेल जित्नैपर्ने दबाब छ।

यसै समूहको अर्को खेलमा विश्वकप होडबाट बाहिरिसकेको इराकले थाइल्याण्डलाई २-१ ले हरायो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell