PahiloPost

Jun 27, 2025 | १३ असार २०८२

क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक, सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्तामा पेलेलाई पारे पछि



पहिलोपोस्ट

क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक, सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्तामा पेलेलाई पारे पछि

क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेपछि पोर्चुगलले अर्को वर्ष हुने विश्वककपको युरोपेली छनोट समूह बी मा फरोए आइसल्याडलाई ५-१ ले पराजित गरेको छ।

यस्तै रोनाल्डोले पोर्चुगलका लागि गोल सङ्ख्या ७८ पुर्‍याउँदै सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्नेमा ब्राजिलका महान खेलाडी पेलेलाईसमेत पछि पारेका छन्। पेलेले ब्राजिलका लागि ७७ गोल गरेका थिए।

रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलको सर्वाधिक गोलकर्तामा इरानका होसेन साइदसंगै संयुक्त रुपमा पाँचौ स्थानमा छ। इरानका अली डाएइले अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक १०९ गोल गरेका छन्।

पोर्चुगलको जितमा रोनाल्डोले तीन, २९औ र ६५औ मिनेटमा गोल गरे। पोर्चुगलका लागि विलियम कार्भाल्हो र नेल्सन ओलिभिएराले एक-एक गोल गरे।

फारोए आइसल्याण्डका लागि रोग्भी बालभिडसनले एक गोल फर्काए।

जितपछि पोर्चुगल ७ खेलबाट १८ अंक जोड्दै समूह बी को दोस्रो स्थानमा छ। समूहको शीर्ष स्थानमा रहेका स्वीट्जरल्याण्डले एन्डोरोलाई ३-० ले हराएकाे छ। स्वीट्जरल्याण्डलाई छनोटमा शतप्रतिशत जित दिलाउन हरिस सेभेरोभिकले २ तथा स्टेफन लिस्चटाएनरले एक गोल गरे।

यसै समूहको अर्को खेलमा लात्भियालाई ३-१ ले हराएको हंगेरी १० अंकका साथ तेस्रो स्थानमा छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell