PahiloPost

Jul 18, 2025 | ३ साउन २०८२

फ्रान्ससँग फराकिलो अन्तरले हारेपछि नेदरल्याण्ड्सको विश्वकप यात्रा कठिन



पहिलोपोस्ट

फ्रान्ससँग फराकिलो अन्तरले हारेपछि नेदरल्याण्ड्सको विश्वकप यात्रा कठिन

विश्वकप छनोटमा युरोपेली राष्ट्रअन्तर्गत समूह ए को खेलमा फ्रान्सले दश खेलाडीमा रहेको नेदरल्याण्ड्सलाई ४-० ले हराएको छ। जितपछि फ्रान्स ७ खेलबाट १६ अंकका साथ समूहको शीर्ष स्थानमा छ।

छनोटमा तेस्रो हारे बेहोरेको डच टोली १० अंकका चौथो स्थानमा छ। ७ खेल मध्ये ३ मा हार र १ बराबरी खेलेको नेदरल्याण्ड्सलाई यस हारले विश्वकप यात्रा थप कठिन बनाएको छ। समूहकाे शीर्ष स्थानमा रहने टोली मात्र विश्वकपमा सिधै छनोट हुनेछ।

फ्रान्सलाई घरेलु मैदानमा जित दिलाउन थोमस लेमारले दुई तथा एन्टोली ग्रीजमन र केएलिन एमबापेले एक-एक गोल गरे। केभिन स्ट्रुटमेन्टले रातो कार्ड पाएपछि नेदरल्याण्ड्स ६२औँ मिनेटमा दश खेलाडीमा झरेको थियो।

यसै समूहको अर्को खेलमा दोस्रो स्थानमा रहको स्वीडेन बुल्गेरियासा ३-२ ले पराजित भएको छ। त्यसका बावजुत पनि ७ खेलबाट १३ अंक रहेको स्वीडेन दोस्रो स्थानमा यथतावत छ भने १२ अंक जोडेको बुल्गेरिया तेस्रो स्थानमा छ।

अर्को खेलमा लक्जेमवर्गले बेलारुसलाई १-० ले हरायो।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell