PahiloPost

Aug 5, 2026 | २० साउन २०८३

गोरु काटेको अराेपमा पोखरामा ४ जना पक्राउ



पहिलोपोस्ट

गोरु काटेको अराेपमा पोखरामा ४ जना पक्राउ

पोखराः गोरु काटेको आरोपमा जिल्ला प्रहरी कार्यलय कास्कीले चार जनालाई पक्राउ गरेको छ। 

पोखरा लेखनाथ महानगरपालिका २१ का गोपाल परियारको २ वर्षको बहर गोरु काटेर खाएको आरोपमा ४ जनालाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा पोखरा लेखनाथ महानगरपालीका २१ का २९ वर्षीय मदन परियार, २६ वर्षीय सुवास परियार, १८ वर्षीय प्रवीण नेपाली र २७ वर्षीय नवराज परियार छन्।

भालुडाँडा जाने बाटो छेउमा गोरु काटेर खाएको भन्ने सूचनाका आधारमा प्रहरी चौकी छोरेपाटनबाट गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको थियो। प्रहरीले घटनाका विषयमा थप अनुसन्धान गरिरहेको बताएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell