PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

केन्याद्वारा विद्युतीय राहदानी लागू



रासस

केन्याद्वारा विद्युतीय राहदानी लागू
फोटो श्रोतः standardmedia.co.ke

नैरोवी :  केन्या सरकारले बिहीबारदेखि केही नयाँ व्यवस्थासहितको विद्युतीय राहदानी लागू गरेको छ। 

प्रयोग गर्न सजिलो र विश्वासिलो हुने गरी सीमा पारका लागि विद्युतीय राहदानीको व्यवस्था लागू गरिएको अधिकारीहरुले बताएका छन्। 

कार्यबाहक आन्तरिक मामिला मन्त्री फ्रेड माटीङले क्षेत्रीय सन्तुलनका लागि केन्याले गरेको प्रतिबद्धता अनुसार नै विद्युतीय राहदानी लागू गरिएको बताए। 

पुर्वी अफ्रिकी मुलुकहरुमध्ये विद्युतीय राहदानी लागू गर्ने केन्या दोस्रो मुलुक हो। यसअघि बुरुन्डीले विद्युतीय राहदानी लागू गरेको थियो। 

कार्यबाहक मन्त्री माटीङले सन् २०१९ को सेक्टेम्बर महिनासम्ममा पूर्ण रुपमा लागू हुने बताए रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell