PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

भारतमा पाँच जना मन्त्रीद्वारा राजिनामा



रासस

भारतमा पाँच जना मन्त्रीद्वारा राजिनामा
फोटो श्रोतः  hindustantimes.com

नयाँ दिल्लीः भारतका पाँच जना मन्त्रीले राजिनामा दिएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रिमण्डल पुनर्गठन गर्ने अनुमान गरिएका बेला उनीहरुको राजिनामा आएको हो। 

राजिनामा दिनेमा जलस्रोत मन्त्री उमा भारती, सीप विकास मन्त्री राजिव प्रताप रुडी, कृषिमन्त्री राधा मोहन सिंह, जलस्रोत राज्यमन्त्री सञ्जिव बल्यान र साना उद्यमसम्बन्धी मन्त्री गिरीराज सिंह छन्। 

बिहीबार भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहले वित्तमन्त्री अरुण जेटलीसँग भेटवार्ता गरेका थिए। भेटका क्रममा पनि उनले वर्तमान मन्त्रिमण्डल पुनर्गठनको कुरा गरेका थिए। 

उनीहरु बीच भएको भेटवार्तापछि ती पाँचजना मन्त्रीले राजिनामा दिएका समाचारमा जनाइएको छ। 

प्रधानमन्त्री मोदीले आगामी शनिबार वर्तमान मन्त्रिमण्डल पुनर्गठन गर्ने अनुमान गरिएको छ। मन्त्रिमण्डलमा नयाँ मन्त्रीहरुलाई पनि स्थान दिने कार्यक्रमअनुसार नै राजिनामा मागिएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्। 

सन् २०१९ मा भारतमा संसदीय निर्वाचनको आह्वान गरिएको छ। सोही कारणले उनीहरुलाई पार्टीमा काम दिनेगरी मन्त्रीबाट राजिनामा मागिएको स्रोतको भनाई छ। 

प्रधानमन्त्री मोदीले दोस्रो कार्यकालका लागि पनि प्रधानमन्त्री बन्ने विचार राखेका छन्। यसका लागि पार्टीको संगठन बलियो बनाउनेतिर मोदी लाग्ने अनुमान पनि गरिएको छ। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell