PahiloPost

Jun 27, 2025 | १३ असार २०८२

जिब्राल्टरको पोष्टमा बेल्जियमको ९ गोल, लुकाकु र मुनिएरको ह्याट्रिक



पहिलोपोस्ट

जिब्राल्टरको पोष्टमा बेल्जियमको ९ गोल, लुकाकु र मुनिएरको ह्याट्रिक

सन् २०१८ को विश्वकप छनोटअन्तर्गत युरोपेली छनोटमा बेल्जियमले जिब्राल्टरलाई ९-० काे फराकिलो अन्तरले पराजित गरेको छ।

समूह एचअन्तर्गत भएको खेलमा बेल्जियमका लागि थोमस मुनिएर रोमेलु लुकाकुले ह्याट्रिक गरे भने ड्राइस मर्टेन्स, एक्सल विट्सल र एडेन हाजार्डले एक-एक गोल गरे।

दुवै टोलीका एक-एक खेलाडीले रातो कार्ड पाएका थिए। बेल्जियमका गोलकर्ता एक्सल विट्सल र जिब्राल्टरका एरिन बार्नेटले रातो कार्ड पाएका थिए।

समूह एच कै अन्य खेलमा साइप्रसले बोस्निया एण्ड हर्नगोभिनालाई ३-२ ले हरायो भने ग्रीस र इस्टोनियाले गोलरहित बराबरी खेले।

७ चरणको खेलपछि बेल्जियम १९ अंकका साथ शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको ग्रीसको १३ अंक छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell