PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

अमेरिकाको टेक्सासमा आँधीबाट ४० जना मारिएको आशङ्का



रासस

अमेरिकाको टेक्सासमा आँधीबाट ४० जना मारिएको आशङ्का
फोटो श्रोतः mercurynews.com

अमेरिका : टेक्सासमा हालै आएको आँधीबाट कम्तीम पनि ४० जनाको ज्यान गएको आशंका गरिएको छ। 

भारी वर्षा र त्यस पछि सुरु भएको आँधीबाट ती व्यक्ति मारिएको हुनसक्ने अनुमान गरिएको बताइएको छ। उनीहरु सो आँधी पछि हराइरहेका छन्। त्यसैले मारिएको अनुमान गरिएको समाचारमा जनाइएको छ। 

हराएकाहरुको खोजी जारी राखिएको छ। 

हराएकाहरुको खोजी बाढी आएको क्षेत्रतर्फ, नदीको किनारमा र बाढीले ताल तलाउ बनाएको स्थानतिर गरिएको अधिकारीहरुले जनाएका छन्। 

बाढीका कारण कैयौँ घर डुबाएको छ। त्यस्तै सडकमा गुडिरहेका सवारी साधन नै बाढीले बगाएको छ। त्यसैमा परेर नागरिक हराइरहेका छन्। 

यसरी हराएका नागरिकको खोजी जारी रहेको भएपनि अहिलेम्म भेटन नसकिएपछि उनीहरु मारिएको अनुमान गरिएको छ। मारिएका नागरिकको शव पनि नभेटिएको बताइएको छ। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell