PahiloPost

May 7, 2026 | २४ बैशाख २०८३

कमल थापाले भने–हिन्दू राष्ट्र र राजतन्त्रको नारा छाडेका छैनौं



रासस

कमल थापाले भने–हिन्दू राष्ट्र र राजतन्त्रको नारा छाडेका छैनौं

नेपालगञ्ज :  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रवादी शक्ति र आत्मसमर्पणवादी शक्तिको टकराव नेपालको राजनीतिमा अझै अन्त्य हुन नसकेको बताएका छन्। 

बाँके जिल्ला कार्यसमितिद्वारा नेपालगञ्जमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले यसैको कारण राप्रपा विभाजन भएको बताए। 

अध्यक्ष थापाले भने,‘पार्टी फुट्नु दुःखद भएपनि यसलाई अवसरका रुपमा लिएका छौँ, पार्टीभित्रको आन्तरिक विवादलाई बहाना बनाएर पार्टी फुट्दै जाने हो भने कुनै पार्टी पनि टिक्न सक्दैनन्।’

थापाले आफ्नो दलले हिन्दू राष्ट्र र राजतन्त्रको नारालाई नछाडेको र यही एजेण्डाका आधारमा पार्टी संगठन विस्तार गरिने जानकारी दिए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell