PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

नाडाको आकर्षणः १ लाख ३२ हजारदेखि २५ लाखका बाइक



अमर बडुवाल

नाडाको आकर्षणः १ लाख ३२ हजारदेखि २५ लाखका बाइक

काठमाडौं, राजधानीमा सुरु भएको नाडा अटो शोमा महंगा मात्रै होईन, सस्ता मूल्यका बाइकहरु पनि राखिएकाे छ। कम्पनीअनुसार बाइककाे सिसिमा मूल्य फरक रहेछ।



रनर वाइक आर टी ८० सिसिको मोटर साईकल इन्धन खपत गर्नेमध्ये सबैभन्दा सस्तो मोटरसाईकल हो। ८० सिसि क्षमताको यो वाइकले ६५ किलोमिटर माईलेज दिन्छ। यसको मूल्य छुटसहित १ लाख ३२ हजार रुपैयाँ मात्र रहेको छ।

यो वर्ष नाडा शोमा सबै खाले स्कुटरमध्ये सबैभन्दा सस्तो मूल्यमा टेरा मोटरले इको ईलेक्ट्रिक स्कुटर ल्याएको छ। यसको मूल्य छुटसहित एक लाख ३५ हजार रुपैयाँ मात्रै रहेको छ। सात घण्टा चार्ज गरेर ८० किलोमिटर गुडाउन सकिने यो स्कुटर ६० किलोमिटर प्रतिघण्टाको गतिमा कुद्न सक्छ।

सबै भन्दा सस्तो बाइकहरु 
 

बाइकको नाम सिसि मूल्य क्यास डिस्काउन्ट
टेरामोटर ईको ईलेक्ट्रिक   १ लाख ३८ हजार ३ हजार
रनर वाइक आर टि ८० १ लाख ४४ हजार १२ हजार
महिन्द्रा सेन्टुरो रकस्टार ११० १ लाख ५१ हजार ५०० १० हजार
बजाज पलाटिना १०० १ लाख ५३ हजार ९०० ६ हजार+
टिभिएस स्टार स्पोर्टस १०० १ लाख ५६ हजार ९०० ७ हजार
हिरो स्पेलेन्डर पलस १०० १ लाख ६३ हजार ५०० ७ हजार
एसवाईएम म्याजिक ११० १ लाख ६५ हजार १० हजार
सुजुकी हायत ईपि ११२ १ लाख ६९ हजार ९०० ७ हजार
यूएम निट्रोक्स १२५ १ लाख ८५ हजार १२ हजार
यामाहा सलुट्रो १२५ १ लाख ८८ हजार ९०० ७ हजार

 
महिन्द्राको सेन्टुरो रकस्टार ११० सिसिको मूल्य छुटसहित एक लाख ४१ हजार ५०० रुपैयाँ मात्र रहेको छ। बजाज प्लाटिना १०० सिसिको मूल्य छुटसहित एक लाख ४५ हजार ५०० रुपैयाँ रहेको छ।

टिभिएस स्टार स्पोर्टस १०० सिसिको मूल्य छुटसहित एक लाख ४९ हजार ९०० रुपैयाँ रहेको छ। हिरो स्पेलेन्डर प्लस १०० सिसिको मूल्य छुटसहित एक लाख ५६ हजार ५०० रुपैयाँ रहेको छ।

एस वाईएम म्याजिक स्कुटर ११० सिसिको मूल्य छुटसहित एक लाख ५५ हजार रुपैयाँ रहेको छ। सुजुकी ईपी ११२ सिसिको मूल्य छुटसहित एक लाख ६२ हजार ९०० रुपैयाँ रहेको छ।

यूएम निट्रोक्स १२५ सिसिको मूल्य छुटसहित एक लाख ७३ हजार रुपैयाँ रहेको छ। यामाहा सलुट्रो १२५ सिसिको मूल्य छुटसहित एक लाख ८१ हजार ९०० रुपैयाँ रहेको छ।



यो बाहेक सुरुवाती बाइक चढ्ने कामकाजी मानिसहरुकालागि दुई लाख रुपैयाँभन्दा कम मूल्य रहेका निम्म कम्पनीका बायकहरु पनि नाडा शोमा विशेष छुटमा किन्न पाईन्छ।
 
बाइकको नाम सिसि मूल्य क्यास डिस्काउन्ट
रनर चेटा १०० १ लाख ५९ हजार १२ हजार
रनर रोयल+ ११० १ लाख ७३ हजार १२ हजार
रनर बुलेट १२५ १ लाख ८२ हजार १५ हजार
महिन्द्रा सेन्टुरो डिस्क ११० १ लाख ६३ हजार ९०० १० हजार
बजाज डिस्कभर ड्रम १२५ १ लाख ७६ हजार ९०० ६ हजार+
बजाज डिस्कभर डिस्क १५० १ लाख ९९ हजार ९०० ६ हजार+
टिभिएस भिक्टर ११० १ लाख ६७ हजार ९०० ७ हजार
टिभिएस स्ट्रिकर १२५ १ लाख ७४ हजार ७ हजार
टिभिएस फोनेक्स १२५ १ लाख ८५ हजार ७ हजार
हिरो स्पेलेन्डर पलस १०० १ लाख ६३ हजार ५०० ७ हजार
हिरो आई स्मार्ट ११० १ लाख ७० हजार ५०० ७ हजार
हिरो सुपर स्पेलेन्डर १२५ १ लाख ८१ हजार ७ हजार
 
फाईनान्स गर्दा कति खर्च हुन्छ

दुई लाख रुपैयाँभन्दा कम मूल्य भएका कुनै पनि बाइक किन्नकालागि सामान्यतया दुई वर्षे किस्तामा किन्दा ४० प्रतिशत नै डाउन पेमेन्ट गर्दा पनि ८० हजार रुपैयाँ हाराहारी तिर्दा बाइक चढ्न सकिन्छ। बाँकी रहेको एक लाख २० हजार रुपैयाँ दुई वर्षसम्म तिर्दा मासिक किस्ता ५/६ हजार रुपैयाँभन्दा बढी पर्दैन।



२५ लाख रुपैयाँसम्मका बाइक

सस्तो मूल्यमा एक लाख ३२ हजार रुपैयाँका बाइक पाईने नाडा अटो शोमा महंगोतर्फ पनि धेरै महँगो बाइकहरु पनि प्रदर्शनमा राखिएको छ।

होण्डाको अफ्रिकन ट्विन १००० सिसिको मूल्य २५ लाख ५० हजार रुपैयाँ रहेको छ। बेनीली ६०० सिसिको मूल्य १६ लाख ५० हजार रुपैयाँ, सिएफ मोटो ६५० सिसिको मूल्य १० लाख रुपैयाँ, यामाहा आर ३ ३२१ सिसिको मूल्य ८ लाख ९५ हजार ९०० र एस वाईएम जिटिएस ३०० सिसिको मूल्य ७ लाख ५० हजार रुपैयाँ तोकिएको छ।

सबैभन्दा महँगा बाइक (५ लाख देखि २५ लाख रुपैयाँसम्मका)
 
बाइक कम्पनीको नाम सिसि मूल्य क्यास डिस्काउन्ट
होण्डा अफ्रिकन टुईन १००० २५ लाख ५० हजार  
सिएफ मोटो ६५० १० लाख  
बेनीली ६०० १६ लाख ५० हजार ५० हजार
यामाहा आर ३ ३२१ ८ लाख ९५ हजार ९०० ७ हजार
एसवाईएम जीटीएस ३०० ७ लाख ५० हजार १० हजार
रोएल कन्टिनेन्टल जीटी ५३५ ७ लाख २१ हजार ३ हजार
केटिएम ड्युक ३९० ७ लाख ९ हजार ९००  
क्रस एक्स २५० ६ लाख ९५ हजार १० हजार
हन्टर डयोटना ३५० ६ लाख ३० हजार ४० हजार
महिन्द्रा मोजो ३०० ५ लाख ८० हजार  
यूएम रेनेगाड स्पोर्ट ३०० ४ लाख ९९ हजार १२ हजार
बजाज डोमिनार ४०० ४ लाख ६९ हजार ९०० ६ हजार देखि ६ लाख
 


यसै गरी रोएल कन्टिनेन्टल जीटी ५३५ सिसिको मूल्य ७ लाख २१ हजार, केटिएम ड्युक ३९० सिसिको मूल्य ७ लाख ९ हजार ९००, क्रस एक्स २५० सिसिको मूल्य ६ लाख ९५ हजार र हन्टर डयोटना ३५० सिसिको मूल्य ६ लाख ३० हजार रुपैयाँ तोकिएको छ।

त्यसै गरी महिन्द्रा मोजो ३०० सिसिको मूल्य ५ लाख ८० हजार रुपैयाँ, यूएम रेनेगाड स्पोर्ट ३०० सिसिको मूल्य ४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।

महँगा सबै बाइकमा छुट दिईएको छैन। कम्पनीले तीन हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म मात्र छुट दिएका छन् ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell