काठमाडौं: 'मिस्टर एण्ड मिस नेपाल आइकोनिक २०१७' को उपाधी क्रमश रोशन पाण्डे र सृजना पाण्डेले हात पारेका छन्। क्रिएसन प्रोडक्सन प्रालि र ओईसिस ईण्टरटेनमेन्ट प्रालिको संयुक्त आयोजनामा भएको फिनालेमा निर्णायकको प्रश्नको उत्कृष्ट जवाफ दिंदै बिजेता घोषित भएका हुन्।
मिस्टरतर्फ फर्स्ट रनर्सअप प्रकाश गौतम र सेकेन्ड रनर्सअप सुजन रेग्मी भए भने मिसतर्फ फर्स्ट रनर्सअप सम्प्रदा लामिछाने र सेकेन्ड रनर्सअप सञ्जु सुवाल भएl अन्तिम चरणसम्म पुग्ने प्रतिस्पर्धि युवा युवतीहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि प्रशिक्षण दिइएको थियो। 'उनिहरुको आत्मविश्वासलाई अझ बनाएरु प्रतिभा प्रस्फूटनको लागि ठाउँ दिने हाम्रो मुख्य उदेश्य हो', आयोजक क्रिएसन प्रोडक्सनकी शोभा पौडेलले बताइन्l
मिस्टर एण्ड मिस नेपाल आइकोनिक २०१७ को अन्तिम प्रतिस्पर्धामा निर्माता सुनिल रावल, संचारकर्मी तथा कलाकार सुर्य चन्द, मोडल तथा नायिका खुस्बु खड्का, निर्देशक दिनेश राउत लेखक केदार भुषाल निर्णायक रहेका थिए। प्रतियोगितालाई निरुता स्याङ्ग्तानले कोरियोग्राफ गरेकी थिइन्।