PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

शेखर कोइराला भन्छन्–अाचारसंहिता उल्लंघन गर्नेलाई मतदाताले  दण्डित गर्छन्



रासस

शेखर कोइराला भन्छन्–अाचारसंहिता उल्लंघन गर्नेलाई मतदाताले  दण्डित गर्छन्

पर्सा  :  नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले राजनीतिक दलबाट प्रचारप्रसारको क्रममा भएका अाचारसंहित उलंघनका घटनाप्रति दुःख व्यक्त गरेका छन्। 

नेपाली कांग्रेस जिल्ला कार्यसमितिले आज वीरगन्जको छपकैयामा आयोजना गरेको घर दैलो कार्यक्रममा सहभागी भएका कोइरालाले निर्वाचन अाचारसंहिता उल्लंघन गर्नेलाई मतदाताले दण्डित गर्ने बताए। 

दलहरुको सहमतिमै निर्वाचन आयोगले जारी गरेको अाचारसंहितको पूर्ण पालना हुनु सबैको हितमा भएको उल्लेख गर्दै कोइरालाले अाचारसंहिता उल्लंघन गर्नेमाथि आयोगले टुलुटुलु हेरेर बस्न नहुने बताए।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell