PahiloPost

Jun 24, 2026 | १० असार २०८३

विद्युत प्राधिकरणले मोबाइल एप्लिकेसन सञ्चालनमा ल्याउने



रासस

विद्युत प्राधिकरणले मोबाइल एप्लिकेसन सञ्चालनमा ल्याउने

काठमाडौं :  नेपाल विद्युत प्राधिकरणले ‘एनइए अफिसिएल’ नामक मोबाइल एप्लिकेसनसमेत सञ्चालनमा ल्याउन लागेको छ। 

प्राधिकरणको आइटी विभागले तयार पारेको सो एप्लिकेसनमा प्राधिकरणका सबै गतिविधि उपलब्ध हुनेछ। ग्राहकले आफ्नो विद्युत् महसुल कति उठेछ भन्नेसमेत हेर्न सक्नेछन्। 

यस्तै गुनासो पनि सोही एप्लिकेसनमार्फत गर्न सक्नेछन् भने कुन स्थानमा विद्युत् काटियो, त्यसको कारण केहो, कति समयमा आउँछ भन्ने सूचना तथा जानकारी लिन सक्नेछन्।

प्राधिकरणका प्राविधिक विभाग प्रमुख सञ्जय उपाध्यायका अनुसार एप्स केही दिन पछि सञ्चालनमा आउनेछ। सो एप्स गुगल प्ले स्टोर एप र उपस्टोरबाट डाउनलोड गन सकिनेछ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell