PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

माधव नेपालको आरोपः निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन अनुपयुक्त 



रासस

माधव नेपालको आरोपः निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन अनुपयुक्त 

भरतपुर :  नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचन क्षेत्र निर्धारण आयोगले गरेको क्षेत्र निर्धारण उपयुक्त नभएको बताएका छन्।

प्रेस चौतारीले चितवनको भरतपुरमा गरेको पत्रकार सम्मेलनमा नेपालले राजनीतिक प्रभावमा परेर आयोगले काम गरेको आरोप लगाए। 

नेपालले भने,‘जनसंख्या, भूगोल, सुविधा, मतदाता, सामथ्र्य, पहुँच, जातीय विविधिकरणलगायतका विषयमा ध्यान दिनुपर्नेमा धेरै ठाउँमा त्यस्तो हुन सकेन।’

धेरै कुरा नमिलेको बताउँदै उनले राजनीतिक प्रभावबाट मुक्त भएर क्षेत्र निर्धारण गर्नुपर्नेमा त्यस्तो नभएको बताए।

नेपालले नेकपा एमालेले शान्तिपूर्ण रुपमा आयोजना गरेका कार्यक्रममा प्रतिरोध गर्नु राजनीतिक संस्कारको अभाव भएको बताए। 

‘लोकतन्त्रमा शान्तिपूर्ण राजनीतिक कार्यक्रमको विरोध गर्नु भनेको लज्जास्पद् विषय हो।’ उनले भने,‘मधेसमा हामीले कस्तो राजनीतिक संस्कार विकास गर्यौं ? त्यो अहिले देखिएको छ।’ 

तेस्रो चरणको निर्वाचनमा अन्य दलसँग तालमेल हुन सक्ने भन्दै नेता नेपालले स्थानीय आवश्यकताअनुसार तालमेलका विषयमा छलफल भइरहेको बताए। 

शान्ति प्रक्रियामा सघाउन हालै आफूले उत्तर कोरियाको भ्रमण गरेको बताउदै नेता नेपालले नेपालको कुटनीतिक सम्बन्ध रहेको त्यस मुलुकमा शान्ति कायम होस् भन्ने हाम्रो चाहना रहेको बताए।

उनले भने,‘राम्रो वातावरण सिर्जना गर्नका लागि भएको आफ्नो भ्रमणलाई आलोचना गर्नुको कुनै अर्थ छैन।’रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell