PahiloPost

Mar 19, 2026 | ५ चैत्र २०८२

डडेल्धुरामा भाइरल ज्वरोको प्रकोप बढ्दो



रासस

डडेल्धुरामा भाइरल ज्वरोको प्रकोप बढ्दो

डडेल्धुरा :  भाइरल ज्वरोका कारण डडेल्धुराका विभिन्न गाउँपालिका प्रभावित भएका छन्। 

भागेश्वर, अजयमेरु, गन्यापधुरा, नवदुर्गालगायत गाउँपालिकामा भाइरल ज्वरोको प्रकोप बढेको हो। 

कामेर ज्वरो आउने, शरीर चिसो भएर जाने, नाकमा सिँगान बग्नाका साथै सुख्खा पनि हुने र हातखुट्टाका जोर्नी दुख्नेलगायतका लक्षण देखिएको स्थानीयवासी बताउँछन्। फोहर पानी तथा खानेकुराका कारण भाइरल ज्वारोको समस्या देखिएको उपक्षेत्रीय अस्पताल डडेल्धुराले जनाएको छ। 

भाइरल ज्वरोबाट बालबालिका, महिला र वृद्धवृद्धा बढी प्रभावित भएका छन्। उनीहरुमा ज्वरो, टाइफाइड, झाडापखाला, टाउको दुख्नेलगायतका समस्या देखिएका छन्।

दैनिक १५ देखि २० जना त्यस्ता बिरामी स्वास्थ्य चौकीमा आउने गरेका समैजी स्वास्थ्य चौकीका प्रमुख कृष्ण पालले जानकारी दिए। 

आर्थिक अवस्था कमजोर भएका कारण स्वास्थ्य उपचारका लागि स्वास्थ्य संस्थामा जानसम्म समस्या भइरहेको हुँदा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न स्थानीयवासीले माग गरेका छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell