PahiloPost

Sep 7, 2026 | २२ भदौ २०८३

करेन्ट लागेर झापामा भारतीय नागरिकको मृत्यु



रासस

करेन्ट लागेर झापामा भारतीय नागरिकको मृत्यु

झापा :  झापाको मेचीनगरमा करेन्ट लागेर एक भारतीय नागरिएको मृत्यु भएको छ। 

मेचीनगर– १० स्थित ओम शिव सेलर राईस मिलको उपकरण बनाउने क्रममा बिहीबार साँझ करेन्ट लागेर भारत किशनगञ्जका ४० वर्षीय सोम हास्दाको मृत्यु भएको प्रहरीले जनाएको छ। 

बिहीबार साँझ करेन्ट लागेर गम्भीर घाइते भएका हास्दालाई उपचारका लागि बिर्तामोडतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक टंक भट्टराईले बताए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell