PahiloPost

Jun 24, 2026 | १० असार २०८३

नेपालका दुई रिसोर्टलाई अन्तर्राष्ट्रिय अवार्ड



रासस

काठमाडौँ : साहसिक पर्यटन प्रवद्र्धनमा योगदान पुर्याएबापत नेपालका दुई रिसोर्टले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेका छन्। 

त्रिशूली नदी किनार कुरिनटारमा अवस्थित रिभरफनबीच रिसोर्ट र कास्कीको बेगनाथ लेक रिसोर्टले एसियन लाइफस्टाइल टुरिजम अवार्ड प्राप्त गरेका हुन्। 

सिंगापुरको एसिया लिडिङ रिसोर्ट इकले सातौँ पटक आयोजना गरेको कार्यक्रममा दुबै रिसोर्टलाई उक्त अवार्ड प्रदान गरिएको हो। यद्यपि, रिभरले एडभेञ्चर विधामा अवार्ड पाएको हो भने बेगनाथ लेक रिसोर्टको अवार्डको शीर्षक भने खुलाइएको छैन। 

रिभरफनका सञ्चालकद्वय शंकर अधिकारी र राजन सिंखडाले यही भदौको पहिलो साता अवार्ड लिएका थिए।

रिसोर्टका निर्देशक राजन सिंखडाले अन्तर्राष्ट्रियस्तरको अवार्ड पाउनु नेपालकै गर्वको विषय रहेको बताउँदै यसले नेपालको पर्यटनलाई विश्व बजारमा थप प्रवद्र्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। 

अवार्डले व्यावसायिक जिम्मेवारी बढाएको र सेवालाई गुणस्तरीय र सुविधायुक्त बनाउन प्रेरणाका साथ लागिपर्ने उनले बताए। 

नेपालको पर्यटन क्षेत्रको विकासका लागि राज्यले विशेषगरी पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने व्यवसायी सिंखडाको भनाइ छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell