PahiloPost

May 30, 2025 | १७ जेठ २०८२

सोमालियाको खाद्य सङ्टक समाधानमा गम्भीर हुन राष्ट्रसंघको आग्रह



रासस

सोमालियाको खाद्य सङ्टक समाधानमा गम्भीर हुन राष्ट्रसंघको आग्रह
फोटो श्रोतः time.com

संयुक्त राष्ट्रसंघः सोमालियामा खाद्य सङ्कटको समाधानका लागि संयुक्त राष्ट्रसंघले आग्रह गरेको छ। यहाँ अहिले पनि ठूलो संख्याका नागरिकमा यो समस्या रहेको भन्दै त्यसको सामाधानका लागि आग्रह गरेको हो। 

सोमालियामा करिब ६२ लाख नागरिकले खाद्य असुरक्षाको समस्या भोगिरेको पाइएको छ। 

संयुक्त राष्ट्रसंघीय खाद्य सुरक्षा कार्यक्रमका अनुसार हाल यो अवस्था रहेको सोमालियामा आगामी महिनाहरुमा खाद्यान्नको सङ्कट अझै चरम रुपमा हुने छ। 

खाद्य असुरक्षाको अवस्थामा सामान्य सुधार आएको केही आन्तरिक संघ संस्थाले जनाएको भएपनि सोमालियामा नागरिकलाई जीविका चलाउन गाह्रो भएको पाइएको हालै प्रकाशित एक अध्ययन प्रतिवेदनमा जनाइएको छ। 

गत जुलाईमा गरिएको अध्ययनले सोमालियामा ३१ लाख नागरिकले तीब्र रुपमा खाद्य सङ्कट व्यहोर्नुपरेको पाइएको थियो। 

यसरी अहिले पनि ठूलो संख्यामा त्यहाँका नागरिकमा खाद्य असुरक्षाको समस्या जारी छ। 

सोमालियमा हिंसात्मक हमलाहरु हुने गरेका छन्। त्यसैले अहिले पनि यहाँका ठूलो संख्याका नागरिक द्वन्द्वबाट विस्थापित भई आन्तरिक तथा बाह्य रूपमा शरणार्थी जीवन बिताइरहेका छन्। 

यी नागरिक अझ बढी समस्यामा पर्ने गरेका छन्। जारी द्वन्द्वका कारण यहाँको खेतीयोग्य जमिन पनि प्रयोगमा ल्याउन नसकि बाँझो बनेको र यसले गर्दा खाद्यान्नमा परनिर्भर रहनुपर्ने बाध्यता रहेको पनि अध्ययनले देखाएको छ। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell