PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

‘स्क्रबटाइफस’बाट चितवनमा डेढमहिनामा दुई जनाको मृत्यु, १३९ संक्रमित



रासस

‘स्क्रबटाइफस’बाट चितवनमा डेढमहिनामा दुई जनाको मृत्यु, १३९ संक्रमित

चितवन :  ‘स्क्रबटाइफस’ बाट डेढमहिनामा चितवनमा दुई जनाको मृत्यु हुनाका साथै १३९ जना प्रभावित भएका छन्। 

जिल्ला जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीकाअनुसार साउन १ गतेबाट भदौ १५ गते सम्ममा ५२९ जनाको रक्त परीक्षण गरिएकामा भरतपुर अस्पतालमा ४० जना, बकुलहर अस्पताल रत्ननगरमा ४० जना, चितवन मेडिकल कलेजमा ३१ जना, नारायणी सामुदायिक अस्पतालमा ४२ जना, मनकामना अस्पतालमा दुईजना, निर्णय डाइग्नोस्टिकमा १३ जना र सेन्टर अस्पतालमा एक जनामा स्क्रबटाइफसको लक्षण देखा परेको हो। 

केसीकाअनुसार साउन २२ गते नारायणी सामुदायिकमा भर्ना भएकी नवलपरासीको रजहरकी २४ वर्षीया एक महिला र नवलपरासीको लक्ष्मीपुरकी २१ वर्षीया अर्की एक महिलाको भदौ १० गते सेन्टल अस्पतालमा मृत्यु भएको थियो।

ढिलागरी उपचार गर्न आएकाले उनीहरुको मृत्यु भएको चिकित्सकले बताएका छन्। गतवर्ष भरतपुरमा चार जनाको स्क्रबटाइफसबाट मृत्यु भएको थियो।

गत वर्षको साउन महिनामा स्क्रबटाइफसबाट ७९ जना प्रभावित भएकोमा यस वर्ष साउन महिनामा १०४ जना प्रभावित भएकाले रोगीको संख्या बढ्दो रहेको केसीले बताए। 

मुसाको शरीरमा हुने सुक्ष्म ‘माइट’ नामक कीराले टोकेमा यो रोग सर्ने गर्दछ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell