PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

भरतपुर अस्पतालमा सुरु भयो मुटु, फोक्सो तथा रक्तनली सर्जरी सेवा



राजेन्द्र आचार्य

भरतपुर अस्पतालमा सुरु भयो मुटु, फोक्सो तथा रक्तनली सर्जरी सेवा

चितवनः  ५६ वर्ष अघि  स्थापना भएको चितवनको भरतपुर अस्पतालमा मुटु,फोक्सो तथा रक्त नली सर्जरी (कार्डियोथोरासिक तथा भास्कुलर सर्जरी) सेवा सुरु भएको छ।

मेडिकल कलेज साईन्सेस् शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) का मुटुरोग विशेषज्ञ सर्जन डा.कौशल तिवारी भरतपुर अस्पताल विकास समितिमा आवद्ध भएपछि अस्पतालले यो सेवा सुरु गरेको हो।

सरकारी अस्पतालमा यो सेवा नहुँदा विरामीहरु निजीमा जान बाध्य थिए। हरेक नागरिकको पहुँच स्वास्थ्य सेवामा होस् भनेर सरकारी अस्पतालमा आई काम सुरु गरेको डा. तिवारीले बताए।

अस्पतालमा यो सेवा सुरु भएसँगै विरामीलाई निजी अस्पताल र राजधानी धाउने बाध्यतासमेत अन्त्य हुने भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.रुद्र मरासिनीले बताए।

बरिष्ठ मुटुरोग विशेषज्ञ डा.कौशल तिवारीको नेतृत्वमा यस विभागमा डा.सपना भण्डारीसहितको विशेषज्ञ टोलीले विरामीको परीक्षण  र उपचार सेवा दिनेछन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell