काठमाडौः दशैंकालागि उपत्यका बाहिर जाने यात्रुकालागि अग्रिम टिकट बुकिङ गरिएको छ। आगामी २२ गतेदेखि टिकट बुकिङ खुला भएको हो।
न्यायिक उपभोक्ता मञ्च,नेपाल यातायात राष्ट्रिय महासंघ, ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग, यातायात व्यवसायीबीच लामो रस्साकस्सीपछि २२ गतेबाट अग्रिम बुकिङ खुलाउने सर्वपक्षीय निर्णय भएको हो।
यातायात व्यवस्था विभागले नजिकिँदै गरेको चार्डपर्वकालागि छतमा पनि सामान राख्ने दिने गरि लचिलो भएपछि बुकिङखुल्ला गर्न सर्वपक्षिय निर्णय भएको थियो।
। यात्रुका सामान बाहेक अन्य व्यापारिक र अन्य समाग्री भने छतमा राख्न पाइनेछैन। सरकारले गत २०७३ असोज ११ गतेदेखि राजपत्रमा नै प्रकाशित गरेर छतमा राख्न नपाउने व्यवस्था गरेको थियो ।
त्यस्तै यातायात व्यवसायीहरुले राखेका मागहरु सम्बोधनकालागि फास्ट ट्रयाकमा काम गर्ने सहमती समेत भएको छ।
व्यवसायीहरुले वैज्ञानिक भाडादर कायम गर्नुपर्ने, बैंकले लोन नदिएकाले पहल गरिदिनु पर्ने,गाडीलार्इ बर्गिकरण गरेर छत राख्न दिनुपर्ने,बाटोको अवस्था सुधार गर्न तत्काल प्रयास गरिनुपर्ने लागएतका माग राखेका थिए।
यदि यात्रुका पोका पन्तेरा बाहेक अन्य व्यापारिक सामाग्री र यात्रुलाइ छतमा राखेको पाइएका हदैसम्मको कारबाहि भोग्न तयार रहेको महासंघका महासचिव सरोट सिटौलाले बताएका छन्। त्यस्तै यस्ता सामानहरु लैजादा भने कुनै शुल्क लिन नपाइने गरि सहमती भएको छ।
उपत्यकाबाट दशै मान्नका लागि २५ लाख यात्रुहरु बाहिर जाने गर्छन। त्यस्तै भाडा समायोजनका लागि भने पुन आगामी सोमबार बैठक बसेर निर्णय गरिने भएको छ।