PahiloPost

Jun 27, 2025 | १३ असार २०८२

राष्ट्रिय फुटसल लिग : शंखमुलको शानदार जित



पहिलोपोस्ट

राष्ट्रिय फुटसल लिग : शंखमुलको शानदार जित

काठमाडौं : राष्ट्रिय फुटसल लिग अन्तर्गत शुक्रबार भएको खेलमा शैखमुल फुटसलले रजनी फुटसललाई ९-२ गोल अन्तरले पराजित गरेको छ।

स्तुपा फुटसलमा भएको अन्य खेलमा फुटसल भिलेजले ढुकु फुटसललाई ८-७ ले हरायो भने चउर रिक्रिएसन सेन्टरले रेभ फुटसल सेन्टरलाई ३-२ ले पराजित गर्‍यो। आयोजक सत्पा भने सामाखुशी फुटसलसँग ३-२ ले पारजित भयो।

यता चउर रिक्रिएसनल सेन्टरमा भएको खेलमा कि अफले हरिसिद्धिलाई ८-२ ले हरायो। बिजी फुटसलले खुमलटार युवा क्लबलाई ६-१ ले, धनवन्तरीले स्वयम्भू रिक्रिएसनललाई ७-२ ले तथा खालीबारीले बजी ब्रदर्सलाई ५-० ले पराजित गर्‍यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell