PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

क्षेत्र निर्धारण आयोगको प्रतिवेदनप्रति राजपाको असन्तुष्टि



रासस

क्षेत्र निर्धारण आयोगको प्रतिवेदनप्रति राजपाको असन्तुष्टि

काठमाडौँ :  राष्ट्रिय जनता पार्टी नेपालले निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदनमा तराई–मधेशका केही क्षेत्र कटौती भएको जनाउँदै असन्तुष्टि जनाएको छ। 

प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै राजपाले असन्तुष्टि व्यक्त गरेको हो। 

पार्टी संयोजक महन्थ ठाकुरले प्रधानमन्त्री देउवालाई दिएको ज्ञापनपत्रमा २०६८ सालको जनगणनामा तराई–मधेसमा ५१ प्रतिशत जनसंख्या रहेकामा हाल ४७ प्रतिशत मात्र निर्वाचन क्षेत्र दिइएको जनाइएको छ। 

ठाकुरले आयोगको प्रतिवेदन वैज्ञानिक र समावेशी नभएको पनि जिकिर गरे । आयोगले भदौ १४ गते प्रतिवेदन बुझाएको थियो। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell