PahiloPost

Jun 27, 2025 | १३ असार २०८२

आचारसंहिता उल्लंघनका घटनाविरुद्ध शून्य सहनशीलताको नीतिः प्रमुख निर्वाचन आयुक्त



पहिलोपोस्ट

आचारसंहिता उल्लंघनका घटनाविरुद्ध शून्य सहनशीलताको नीतिः प्रमुख निर्वाचन आयुक्त

काठमाडौंः प्रमुख निर्वाच आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचन आचारसंहिता पालनामा कडा नीति अवलम्बन गर्ने बताएका छन्।

स्थानीय तहको आगामी असोज २ गते हुने निर्वाचनमा अनुगमनमा खटिने सरकारका सचिव एवम सहसचिवका लागि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा यादवले आचारसंहिता पालनाविरुद्धको विषयमा शून्य सहनशीलताको नीति अपनाइने बताए।

उनले भने,‘उम्मेदवारबीच जसरी पनि निर्वाचन जित्ने मनसाय हुन्छ, अहिले राहतको नाममा आचार संहिता उल्लंघनको घटना भइरहेका छन, समन्वयको अभावले हुने कमी कम्जोरीलाई हटाउनेतर्फ अनुगमनकर्ताले विशेष भूमिका निर्वाचह गर्नुपर्छ।’

निर्भिकता र दृढताका साथ निष्पक्ष रुपमा काम गर्न निर्देशन दिदै उनले भने– ‘मुलुकमा एक चरण सवै निर्वाचनभएपछि संविधानले पूर्णता र सरकारले स्थायित्व पाउनेछ, त्यसपछि देश समृद्धिको दिशातर्फ उन्मुख हुने छ।’

आयुक्त सुधीरकुमार शाहले आयोग निर्वाचन आचारसंहितको पूर्ण पालना गराउन तथा पालना नगर्नेलाई कारवाहीको दायरामा ल्याउन प्रतिबद्ध रहेको बताए।

उनले भने– ‘सरकारबाटै सवैभन्दा बढी आचार संहिता उल्लंघनका घटना भएका छन्, सवैधानिक आयोगको रुपमा रहेको निर्वाचन आयोगलाई विभागको सरह रुपमा व्यवहार गरिएको छ, आचार संहिताको पूर्ण पालना गरेर हुने निर्वाचनले मात्र गणतन्त्र र लोकतन्त्रको जग बलियो तुल्याउने छ।’
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell