
भक्तपुर : काभ्रेको पनौतीबाट काठमाडौँतर्फ गइरहेको बस अरनिको राजमार्गअन्तर्गत जोरपाटीमा आज बिहान दुर्घटना हुँदा १६ जना घाइते भएका छन्।
विहन करिब ८ बजेतिर बा२ख ९५८० नंको बस सूर्यविनायक नगरपालिका जोरपाटीमा सडकबाट खेतमा खसेर दुर्घटना भएको वडा नं ९ का वडाध्यक्ष उपेन्द्र केसीले जानकारी दिए।
स्थानीयवासीले यात्रुको उद्धार गरेर उपचारका लागि मध्यपुर अस्पताल पठाएका छन्। रासस