PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

एलेप्पोमा सात वर्षपछि विद्युत सेवा सुचारु



रासस

एलेप्पोमा सात वर्षपछि विद्युत सेवा सुचारु
फोटो श्रोतः bbc.co.uk

सिरियाः सिरियाको उत्तरी सहर एलेप्पोमा सात वर्षपछि पुनः विद्युत सेवा सुचारु भएको छ। 

द्वन्द्वका कारण विद्युत सेवा अवरुद्ध भएकोमा फेरि सेवा सुरु भएको विद्युत मन्त्री जुहेइर खार्बौट्लीले घोषणा गरे। 

एलेप्पोबासीलाई सिरियाका अन्य प्रदेशहरूमा जस्तै क्रमशः सेवा दिन लागिएको उनले बताए। 

विद्युत् सेवा पुनः सुरु गर्न सात अर्ब सिरियाली पाउण्ड खर्च भएको पनि मन्त्री खार्बौट्लीले जानकारी दिए। 

द्वन्द्वको बेलामा बिद्रोहीले विजुलीको तारलगायतका सामग्रीहरूमा क्षति पुर्याएपछि विद्युत सेवा अवरुद्ध भएको खार्बौट्लीले बताए। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell