PahiloPost

May 4, 2026 | २१ बैशाख २०८३

गुल्मी जिल्ला अस्पतालः विशेषज्ञ चिकित्सकको दरबन्दी १०, उपस्थिति शून्य



पहिलोपोस्ट

गुल्मी जिल्ला अस्पतालः विशेषज्ञ चिकित्सकको दरबन्दी १०, उपस्थिति शून्य

  • चन्द्रकान्त खनाल
बुटवलः गुल्मी जिल्ला अस्पताललाई सरकारले तीनवर्ष पहिले  स्तरबद्धि गरी १५ शैयाबाट  ५० शैयामा स्तरबृद्धि गरेपनि अहिलेसम्म कार्यान्वयन भएको छैन। 

स्तरबृद्धि गर्ने निर्णय भएपनि अस्पतालको भौतिक संरचना र कर्मचारी दरबन्दी पुरानै रहेको छ।  अस्पताल विकास समितिले १५ शैया थपेर तीस शैयाको बनाएपनि अरु कुनै कुरा परिवर्तन हुन सकेको छैन।

अस्पतालमा विशेषज्ञ चिकित्सकसहित ५१ जना कर्मचारीको दरबन्दी भएपनि अहिले  अस्पतालमो ३१ जनामात्र  रहेका अस्पताल विकास समितिका अध्यक्ष बिनोद पाण्डेले जानकारी दिए। 

अस्पतालमा दश जना विशेषज्ञ चिकित्सकको दरबन्दी भएपनि अहिले एकजना पनि विशेषज्ञ चिकित्सक नभएको अस्पतालले जनाएको छ । 

जिल्लामा एकमात्र सरकारी अस्पताल भएकोले बिरामीको चाप बढेका कारण भुर्इँमा सुताएर उपचार गर्नुपरेको अस्पतालकम मेडिकल सुररिटेण्डेन्ट  डा. श्यामकिशोर चौधरीले बताए।

 उनले स्तरबृद्धिको निर्णय अनुसार पूर्वाधार, कर्मचारी र औषधि नभएको बताए। अस्पतालमा दैनिक २ सय भन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell