वीरगञ्जः नेकपा माओवादी केन्द्रको सचिवालय बैठक वीरगञ्जमा सुरु भएको छ।
होटल भिस्वामा सुरु भएको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’, कृष्णबहादुर महरा, जनार्दन शर्मा, नारायणकाजी श्रेष्ठ ,वर्षमान पुन, प्रभु साह, रामकुमार शर्मा, हितमान शाक्यलगायतका नेता सहभागी भएका प्रेस सेन्टर पर्साका अध्यक्ष नीरज पिठाकोटेले बताए।
असोज दुई गते दुई नम्बर प्रदेशमा हुने स्थानीय तह निर्वाचनको रणनीति बनाउने विषयमा बैठक केन्द्रीत हुने बताइएको छ।
अबको तीन साता सबै शीर्ष नेताहरु प्रदेश नम्बर दुईको निर्वाचनमा केन्द्रीत हुन माओवादीले आफ्ना नेता तथा कार्यकर्तालाई यसअघि नै निर्देशन दिइसकेको छ भने अध्यक्ष प्रचण्ड प्रदेश २ को चुनावमा सघाउन विभिन्न जिल्लाको भ्रमण तथा कार्यक्रममा व्यस्त रहेका छन्।
पार्टीको बैठक सकिएलगत्तै माओवादीले उम्मेदवार घोषणा गर्ने अनुमान गरिएको छ ।