PahiloPost

May 31, 2025 | १८ जेठ २०८२

युवराज ज्ञवालीले भने–क्षेत्र निर्धारण आयोगले हिमाली र पहाडी क्षेत्रका जनतालाई अन्याय गर्‍यो



रासस

युवराज ज्ञवालीले भने–क्षेत्र निर्धारण आयोगले हिमाली र पहाडी क्षेत्रका जनतालाई अन्याय गर्‍यो

रुकुम  :  नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले निर्वाचन क्षेत्र निर्धारण आयोगले हिमाली र पहाडी क्षेत्रमा बसोबास गर्ने जनतालाई अन्याय गरेको बताएका छन्।

प्रेस चौतारी रुकुमद्वारा आयोजित पत्रकार सम्मेलनमा ज्ञवालीले आयोगले क्षेत्र निर्धारण गर्दा जनसंख्यालाई मात्र आधार मानेर हिमाली र पहाडी क्षेत्रमा बसोबास गर्ने जनतालाई अन्याय गरेको बताए। 

‘आयोगले क्षेत्र निर्धाण गर्दा ३० प्रतिशत भूगोललाई र ७० प्रतिशत जनसंख्यालाई आधार मान्नुपर्ने थियो। तर ९० प्रतिशत जनसंख्यालाई र १० प्रतिशत मात्र भूगोललाई आधार बनाएको छ, उपाध्यक्ष ज्ञवालीले भने, यसले गर्दा आयोगले विभेद गरेर गम्भीर गल्ती गरेको छ।’  

६ नम्बर प्रदेश संयोजकसमेत रहेका ज्ञवालीले ६ नम्बर प्रदेशको राजधानी सुर्खेतमा बनाउने र यसको नाम कर्णाली प्रदेश राख्न एमाले प्रदेश समितिले निर्णय गरिसकेको जानकारी दिए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell