PahiloPost

Jun 27, 2025 | १३ असार २०८२

गृहमन्त्रीले भने–निर्वाचनमा सुरक्षा चुनौती छैन, ढुक्क भएर मतदानमा सहभागी हुनुस्



पहिलोपोस्ट

गृहमन्त्रीले भने–निर्वाचनमा सुरक्षा चुनौती छैन, ढुक्क भएर मतदानमा सहभागी हुनुस्

काठमाडौः गृहमन्त्री जनार्दन शर्माले निर्वाचनमा सुरक्षा चुनौती नरहेको बताएका छन्। 
बाराको सिमरा विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्री शर्माले दुई नम्बर प्रदेशमा हुने निर्वाचनमा भरपर्दो सुरक्षा व्यवस्था मिलाइएकाले ढुक्क भएर मतदानमा सहभागी हुन मतदातालाई आग्रह गरे।

  गृहमन्त्री शर्माले सीमा क्षेत्रमा नेपाल–भारत दुबै देशका सुरक्षा संयन्त्रहरुबीच नियमित सम्पर्क र समन्वयमार्फत् काम भइरहेको जानकारी दिए। 

उनले भने, ‘बोर्डर क्षेत्रमा रहेका दुबै देशका संयन्त्रहरुबीच नियमित बैठक भइरहेको छ। चुनावमा सुरक्षा चुनौती छैन।’

 ‘चुनावमा सत्ता पक्ष र प्रतिपक्ष हुँदैन’
उनले निर्वाचनमा मतदान गर्न मतदाता आतुर रहेको बताए। चितवनको भरतपुरमा मतपत्र च्यातिएको सन्दर्भबारे पत्रकारहरुको जिज्ञासामा गृहमन्त्री शर्माले भने, ‘निर्वाचनमा सत्तापक्ष र प्रतिपक्ष हुँदैन। मतदाताले हो परिणाम दिने। मतदाताले जसलाई मत दिन्छन् त्यही विजयी हुने हो।’

गृहमन्त्री शर्माले दुई नम्बर प्रदेशमा जित्ने उम्मेदवारलाई पार्टीले टिकट दिने बताए। उनले भने, ‘राम्रो परिणाम जसले ल्याउँछ उसैले टिकट पाउँछ। पार्टीमा नजिक–टाढा कोही छैन।’
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell